बुधबार, पुष १०, २०८१

विपद् पूर्वतयारीमा सरकारको चरम लापरवाही र दायित्ववोधको अभावलाई देखाउँछ : चित्रबहादुर केसी


१५ असोज, काठमाडौं । राष्ट्रिय जनमोर्चाले विपद् क्षति न्यूनीकरणमा सरकारले चरम लापरवाही गरेको आरोप लगाएको छ । पार्टी अध्यक्ष चित्रबहादुर केसीले एक प्रेस विज्ञप्ति जारी गरी बाढी-पहिरोबाट हुन सक्ने जोखिमबारे सरकारको कुनै अध्ययन र तथ्यांक नदेखिएको बताएको हो ।

बाढी-पहिरोबाट मानव वस्तीहरू, सडक बाटोघाटो, जग्गाजमीनमा रहेका जोखिमबारे सरकारको कुनै अध्ययन र तथ्याङ्क देखिँदैनन् । सडकमा रहेका सवारी, गाडी आदि पहिरोमा परेर पुरिने क्रम दोहोरिरहेको छ’, यसले सरकारको चरम प्रकारको लापरवाही र दायित्ववोधको अभावलाई देखाउँछ ।’ केसीले विज्ञप्तिमार्फत् भनेका छन् ।

बाढी-पहिरो जोखिम रहेको ठाउँमा पनि सडक यात्राको जोखिमताप्रति सरकार सचेत नभएको जनमोर्चाको आरोप छ । सडक यात्राका क्रममा हुन सक्ने जोखिमबारे सरकार सचेत नभएकै कारण देशले धेरै क्षति व्यहोरेको जनमोर्चाको निष्कर्ष छ ।

हामीले यी सबै समस्या समाधानका लागि सरकारले प्रभावकारी कदम उठाउनका लागि जोड दिँदै बाढी-पहिरो नियन्त्रण र जोखिमतालाई न्यूनिकरण गर्न सरकारको ध्यान गम्भीर रूपमा आकर्षित गर्दछौँ’, अहिले देशमा बाढी-पहिरोबाट भएका घटनामा उद्दारका लागि सुरक्षाकर्मीको परिचालन गरेपनि त्यो जनशक्ति पर्याप्त हुन सकेको देखिदैँन ।’ विज्ञप्तिमा भनिएको छ’।

जनमोर्चाले बाढी-पहिरो मृत्यु भएका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन र घाइतेहरूका निःशुल्क उपचारको प्रभावकारी व्यवस्था मिलाउनका लागि हामीले सरकारसँग माग गरेको छ ।


Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading