
काठमाडौँ, साउन २९ : काठमाडौँ स्पाइकर्सले वात्सल्य एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) का लागि मुम्बई बेस्ड चर्चित नेपाली मोडल, नायिका तथा इन्फ्लुएन्सर अदिती बुढाथोकीलाई गुडविल एम्बेसडर नियुक्त गरेको छ ।
काठमाडौँ स्पाइकर्सले बिहीबार अदितीलाई गुडबिल एम्बेसडर नियुक्त गरेको हो । काठमाडौँ स्पाइकर्सले एक दिनअघि मात्र काजकिस्तानकी खेलाडी अलेना कोलोतीजिनालाई टोलीमा अनुबन्ध गरेको थियो ।
दोस्रो संस्करणको इडब्लुभिएल फ्रेन्चाइज लिग भदौ २० देखि २८ गतेसम्म हुँदै छ ।