08/13/2025, 18:02:01

राज्यव्यवस्था समिति सभापति खतिवडाले सभामुखलाई बुझाए राजीनामा


२८ साउन, काठमाडौं : राज्य व्यवस्था समिति सभापति रामहरि खतिवडाले बुधबार सभामुख देवराज घिमिरेलाई राजीनामा बुझाएका छन् ।

संघीय निजामती विधेयकमा भएको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी गडबडीमा संसदीय छानबिन विशेष समितिबाट राजनीतिक र नैतिक जिम्मेवार ठहर गरिएका राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले मंगलबारको प्रतिनिधिसभा बैठकमै राजीनामाको घोषणा गरेका थिए ।

सभामुख घिमिरेलाई बुझाएको पत्रमा खतिवडाले ‘मंगलबारको प्रतिनिधिसभा बैठकमै घोषणा गरे बमोजिम बुधबारबाट लागू हुुने गरी प्रतिनिधाि सभा अन्तर्गको राज्यव्यवस्था सुशासन समितिको सभापति पदबाट राजीनामा गरेको‘ बताएका छन् ।