१३ असोज, काठमाडौं । दसैँका लागि नेपाल राष्ट्र बैंकले आज (असोज १३ गते) बाट सुकिला नोट साट्न सुरु गरेको छ। आजदेखि नजिकैका बैंक तथा वित्तीय संस्थाबाट सर्वसाधारणले सुकिला नोट साट्न सक्ने राष्ट्र बैंकले जनाएको छ। यसअघिका दसैँमा नयाँ नोट साट्ने गरेको राष्ट्र बैंकले यसपालि भने पुरानै सुकिला नोट दिने भएको हो।
राष्ट्र बैंकका अनुसार सर्वसधारणले सुकिला नोट राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, बैकिङ विभाग र प्रदेशस्थित कार्यालय (विराटनगर, जनकपुर, विरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढी ) बाट साट्न सटही गर्न सक्नेछन्।

यसबाहेक इजाजत प्राप्त अन्य बैंक तथा वित्तीय संस्थामा पनि सुकिला नोट साट्न पाइने व्यवस्था मिलाइएको छ। सुकिला नोट असोज २२ गतेसम्म सटही गर्न पाइने मुद्रा व्यवस्थापन विभागले जनाएको हो।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
















