११ साउन, काठमाडौं : कांग्रेस नेता एवं राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले अहिले अर्को सरकार बन्ने विकल्प नरहेको बताएका छन् । सञ्चारकर्मीहरूसँग आइतबार काठमाडौंमा कुराकानी गर्दै अहिले कुनै एक दलको बहुमत नरहेको र अर्को सरकार बन्ने परिस्थिति पनि नरहेको बताएका हुन् ।
‘कसैको बहुमत छैन, प्रचण्डजीले नछोडेको भए त्यही सरकार चलिरहन्थ्यो होला, एउटा परिस्थितिमा निर्माण भएको सरकार हो । वर्षदिनको समीक्षा गर्दा राजनीतिक दलहरूले अपेक्षा गरेअनुसार काम हुन सकेको छैन । तर यो सरकार कन्टिन्यु जान्छ । किनभने यसको विकल्प अर्को सरकार बन्ने स्थिति देखिँदैन । अर्को सरकार बन्ने परिस्थिति, विकल्प नै देखिँदैन । जे सम्झौता भएको त्यसबमोजिम सरकारले आफ्नो कार्यकाल पूरा गर्दछ,’ उनले भने ।
नेता सिटौलाले संविधान कार्यान्वयनको समीक्षा गर्ने र संशोधन गर्ने कुरामा सरकारले कार्यदल बनाएर अघि बढ्ने पनि बताए ।