07/16/2025, 00:39:35

अन्तर्राष्ट्रिय क्रिकेट : एन्डरसन-तेंदुलकर ट्रफी सिरिजको तेश्रो टेस्ट इंग्ल्यान्डले भारतलाइ २२ रनले पराजित गर्यो


१५ जुलाई २०२५ – इंग्ल्याण्डले भारतविरुद्धको तेस्रो टेस्ट म्याचमा लर्ड्स क्रिकेट मैदानमा रोमाञ्चक २२ रनको जित हासिल गरेको छ। यो जितसँगै पाँच म्याचको एन्डरसन-तेंदुलकर ट्रफी सिरिजमा इंग्ल्याण्डले २-१ को अग्रता लिएको छ।

यो म्याच पाँच दिनसम्म अत्यन्त प्रतिस्पर्धात्मक रह्यो, जहाँ दुवै टोलीले उत्कृष्ट प्रदर्शन गरे। भारतलाई जितका लागि १९३ रनको लक्ष्य दिइएको थियो, तर उनीहरू १७० रनमा अलआउट भए । रविन्द्र जडेजाको अविजित ६१ रन (१८१ बल) र तल्लो क्रमका जसप्रीत बुमराह र मोहम्मद सिराजको साहसिक प्रतिरोधले भारतलाई जितको नजिक पुर्‍याए पनि, अन्तिममा शोएब बशिरले सिराजको विकेट लिएर इंग्ल्याण्डलाई जित दिलाए ।