काठमाडौँ, २९ असार : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अनुशासन समितिबाट हटाइएपछि वरिष्ठ नेता नवराज सुवेदीले निर्वाचन आयोगमा उजुरी दिएका छन्। अध्यक्ष राजेन्द्र लिङ्देनले असार २५ गते नेता सुवेदी पार्टी सदस्य नरहेको निष्कर्ष निकाल्दै अनुशासन समिति अध्यक्षबाट हटाएर रोशन कार्कीलाई अध्यक्ष पदमा मनोनीत गरेका थिए।
सोही निर्णयका विरुद्ध पार्टीका पूर्वअध्यक्ष प्रकाशचन्द्र लोहनी र महामन्त्रीद्वय धवल समशेर जबरा र कुन्ती शाहीसहित आइतबार उनी निर्वाचन आयोग पुगेका थिए। आयोगमा उजुरी दिएपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेता सुवेदीले पार्टीको निर्णयबिना अध्यक्षको स्वेच्छाचारिताले आफूलाई अनुशासन समितिबाट हटाएको कारण उजुरी दिन पुगेको प्रतिक्रिया दिए ।
उनले अध्यक्ष लिङदेनले प्राकृतिक न्यायको विरुद्धमा निर्णय गरेको पनि आरोप लगाए। उनले पार्टीभित्र भइरहेको षड्यन्त्र नहोस् र निष्पक्ष न्यायका लागि आयोगमा उजुरी दिएको दोहोर्याउँदै उनले थप प्रतिक्रिया पछि दिने बताए।

उनले भने, ‘अध्यक्षको स्वेच्छाचारिताले मलाई अनुशासन समितिबाट हटाइएको हो । केन्द्रीय समितिको बैठकबाट कुनै निर्णय भएको छैन । त्यसकारण यो प्राकृतिक न्यायको खिलापमा उहाँहरुले निर्णय गर्नुभयो । निर्णय गर्नुभन्दा अगाडि मलाई सोध्नुपनि पथ्र्यो । मलाई सोधिएको पनि छैन । मैले त मिडियाबाट थाहा पाएँ । त्यसकारण म निर्वाचन गर्न आएको हो । पार्टीभित्र अन्याय भइरहेकोले त्यसको खिलापमा मैले आवाज उठाएको हो । निश्पक्ष न्याय पाएपछि म के गर्छु थाहा हुन्छ । पार्टीभित्र यस्तो षड्यन्त्र नहोस् भनेर म उजुरी गर्न आएको ।’ उनले राजसंस्था पुनःस्थापनको आफूहरुको आन्दोलन जारी रहेको पनि दाबी गरे।
राजसंस्था पुन:स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति संयोजक बनेका सुवेदीलाइ १५ चैतको तीनकुने घटनापछि प्रहरीले घरभीत्रै निगरानीमा राखेको थियो । २१ जेठमा नवराज सुवेदी, राप्रपा, राप्रपा नेपाललगायतका राजावादी राजनीतिक दल र विभिन्न समूहबीचको कार्यक्रम होहल्लासँगै अवरुद्ध थियो । यो घटनापछि सुवेदी लगायतको राप्रपासँगको दुरी झनै बढेको थियो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!













