07/13/2025, 21:08:10

अमेरिकन लिग मेजर लिग सकरमा लगातार ५ खेलमा मेसीको दुइ गोलको किर्तिमानि संगै इन्टर माइमी बिजयी


मिति २०८२ असार २९ गते , काठमाण्डौ | अमेरिकन लिग अन्तर्गत मेजर लिग सकर अनतर्गत नेपाली समय अनुसार आज बिहान भएको खेलमा इन्टर माइमीले नशभिल एससीलाई २–१ गोलको अन्तरले हरायो | लियोनेल मेसीले १७ मिनेटमा सुन्दर फ्री किक गोल र ६२ मिनेटमा बिपक्षि गोल किपरको गल्तिको फाइदा उठाउदै गोल प्रहार गरे | क्लब वोर्ल्ड कप २०२५ मा अनितम १६ मा पीएसजी संग ४-० गोलले इन्टर मियामी पराजित भएको थियो | क्लब वोर्ल्ड कप २०२५ बाट फर्के पछिको यो खेल इन्टर माइमीको तेश्रो र लगातार जित हो | यस भन्दा अघिको खेलमा इन्टर माइमीले इन्टर माइमीले न्यु इंग्ल्यान्ड क्लबलाइ २-१ गोलको अन्तरले हराएको थियो, उक्त खेलमा पनि मेसीले दुइ गोल गरेका थिए |