07/10/2025, 18:27:27

अमेरिकन लिग मेजर लिग सकरमा मेसीको दुइ गोलको मद्दतले इन्टर माइमीको जित


मिति २०८२ असार २६ गते , काठमाण्डौ | अमेरिकन लिग अन्तर्गत मेजर लिग सकर अनतर्गत नेपाली समय अनुसार आज बिहान भएको खेलमा इन्टर माइमीले न्यु इंग्ल्यान्ड क्लबलाइ २-१ गोलको अन्तरले हरायो | लियोनेल मेसीले २७ र ३८ मिनेटमा गोल प्रहार गर्दै इन्टर माइमीलाइ २-० गोलले अगाडी बढाए भने न्यु इंग्ल्यान्डका गिलले ८० मिनेटमा गोल फर्काउदै गोल भिन्नता २-१ मा ल्याए त्येसपछि दुवै तर्फबाट कुनै गोल हुन सकेन | क्लब वोर्ल्ड कप २०२५ मा अनितम १६ मा पीएसजी संग ४-० गोलले इन्टर मियामी पराजित भएको थियो | क्लब वोर्ल्ड कप २०२५ बाट फर्के पछिको यो खेल इन्टर माइमीको दोश्रो र लगातार जित हो | यस भन्दा अघिको खेलमा इन्टर माइमीले सिएफ मोंट्रियललाइ ४-१ गोल अन्तरले हराएको थियो, उक्त खेलमा मेसीले दुइ गोल गरेका थिए |

आज बिहान भएको अर्को खेलमा लस एन्जल्सले कोलोरोडा रयापिड्सलाइ ३-० ले पराजित गर्यो |


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ