07/01/2025, 16:35:21

फिफा क्लब वोर्ल्ड कप २०२५ मा इन्टर मिलान र म्यानचेस्टर सिटी पराजित , अल हिलाल र Fluminense सुपर -८ मा भिड्ने


फिफा क्लब वोर्ल्ड कप २०२५, फिफा क्लब वोर्ल्ड कपको २१ औ संस्करण अन्तर्गतको सुपर -१६ को खेलमा ब्राजिलियन क्लब Fluminense – फ्लुमिनेन्से ले इटालियन क्लब Inter Milan – इन्टर मिलानलाइ २-० गोलको अन्तरले हराउदै सुपर-८ मा आफ्नो स्थान सुरक्षित् गरेको छ | जित दिलाउने करमा Fluminense – फ्लुमिनेन्सेका G. Cano र Hercules ले क्रमश ३ मिनेट र ९०+३ मिनेटमा गोल गरेका थिए | बल पोजेसनको पकड इन्टर मिलानको पक्षमा  ६८ प्रतिसत थियो भने ३२ प्रतिसत फ्लुमिनेन्सेको पक्षमा थियो | यो हर संगै इन्टर मिलान यस संस्करणको क्लब वोर्ल्ड कपबाट बाहिरिएको छ | तेस्तै गरि साउदी अरबियन लिग च्याम्पियन Al Hilal – अल-हिलालले भने इंग्ल्यान्ड क्लब Manchester City – म्यान्चेस्टर सिटीलाइ १-० गोलको पछि परेको स्थितिलाइ उल्ट्याउदै अतिरिक्त समयमा ४-३ गोलको अन्तरले पराजित गर्यो |

अब लिगको अन्तिम दुई खेहरु नेपाली समय अनुसार मिति २०२५ जुलाई २ मा ००:४५ मा स्पेनिस क्लब Real Madrid – रियल म्याड्रिड बिरुद्ध इटालियन क्लब Juventus – युभेन्टस हुनेछ भने बिहान ६:४५ मा जर्मन क्लब  Borussia Dortmund – बोरुसिया डर्टमुण्ड बिरुद्ध मेक्सिकन क्लब Monterrey – मोंटेरे हुनेछ |


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ