बुधबार, पुष १०, २०८१

सरकारलाई चुनौतीको भाषामा भन्न चाहन्छु, सके पक्रेर देखाओस् : राजेन्द्र लिङ्देन


२ असोज, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफूलाई पक्रेर देखाउन सरकारलाई चुनौती दिएका छन् । पार्टीका नवनियुक्त केन्द्रीय सदस्यहरुलाई प्रमाणपत्र प्रदान गर्न आयोजित कार्यक्रममा लिङ्देनले संविधान विरोधी पार्टीका नेतालाई सरकारले नोटिसमा राखेको भन्दै आक्रोश पोखेका हुन् ।

उनले अगाडि भने, ‘म केपी ओलीको सरकारलाई चुनौतीको भाषामा भन्न चाहन्छु, यो संविधानले व्यवस्था गरेको गणतन्त्र, धर्म निरपेक्षता, संघीयताको विरोधी हो राजेन्द्र लिङ्देन । सके पक्रेर देखाओस् ।’

आफूहरुले अराजकताभित्र भविष्य नखोजेको उनले बताए । त्यही कारण सरकार र ठूला पार्टीहरुलाई संविधानले काम गरेन भनेर आग्रह गरिसकेको भन्दै लिङ्देनले भने, ‘चाँडोभन्दा चाँडो सबै अटाउने, हिजोका र आजका राम्रा विषयहरुलाई समेटेर नयाँ यात्रा तय गर्नुछ । अब अगाडि जानुको विकल्प छैन ।’

संविधान पक्षधरहरुले जबर्जस्त गरिरहे आफूहरुले जनताको बलमा संविधान उल्ट्याउने उनको चेतावनी छ ।


Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading