कर्णाली, १४ असारः कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले वृक्षरोपण वातावरण संरक्षणका साथै मानव उपयोगका लागि पनि लाभदायी हुने बताउनुभएको छ ।
डिभिजन वन कार्यालय सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित ‘बृहत् वृक्षरोपण सप्ताह कार्यक्रम’मा उहाँले बाटबिरुवा वातावरणलाई स्वच्छ बनाउन तथा मानव उपयोगका लागि पनि लाभदायी हुने भएकाले दैनिक जीवनमा प्रयोगमा आउने बहुपयोगी बिरुवा सबैले रोप्नुपर्ने धारणा राख्नुभयो ।
उहाँले भन्नुभयो, “बिरुवा देखाउनलाई लगाउने होइन, हाम्रो जीवनसँग जोडिने गरी प्रयोगमा आउनसक्ने, फल दिने र आर्थिक लाभसमेत दिने किसिमका बिरुवा रोपिनु पर्छ ।” वृक्षरोपण कार्यलाई अभियानका रूपमा लैजानुपर्नेमा जोड दिँदै उहाँले धेरैजसो ठाउँमा एकपटक बिरुवा रोपेर त्यसको संरक्षणमा ध्यान नदिने परम्पराको अन्त्य हुनुपर्ने जनाउनुभयो ।
आयोजकले रोपण होइन, रेखदेख र संरक्षणमा पनि ध्यान दिनुपर्ने मुख्यमन्त्री कँडेलको भनाइ छ । वन विनाश, भू–क्षय, सुक्खा, असिनापानीलगायत प्राकृतिक विपद् वृक्षरोपणबाट नियन्त्रण गर्न सकिने उहाँले बताउनुभयो ।

प्रदेश सरकारले वन क्षेत्रको संरक्षण, सामुदायिक वनको सशक्तीकरण, पर्यावरणमैत्री खेती र हरियाली विस्तार कार्यलाई प्राथमिकतामा राखी स्थानीय तहसँग सहकार्य गरेर वृक्षरोपण र वातावरण संरक्षणमा दीर्घकालीन योजना लागू गर्ने नीति लिएको उहाँले बताउनुभयो ।
कार्यक्रममा कर्णाली प्रदेश सरकारका मन्त्री, स्थानीय तहका जनप्रतिनिधि, सरकारी कर्मचारी, विद्यार्थी, सुरक्षा निकाय, सामाजिक अभियन्ता र सर्वसाधारणको सहभगिता थियो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!









