१ असोज, काठमाडौं । राप्रपाले नवीन राप्रपा कार्ययोजना अन्तर्गत ४० वर्ष मुनिका २० युवालाई पार्टीको केन्द्रीय कार्यसमितिमा लैजाने निर्णय गरेको थियो। सोहीअनुसार वरिष्ठ नेता उपाध्यक्ष ध्रुवबहादुर प्रधानको संयोजकत्वमा छनौट समिति गठन गरिएको थियो। छनौटका विभिन्न मापदण्डका आधारमा लिइएको अन्तर्वार्तापछि समितिले १० पुरूष र १० महिलालाई पार्टीको केन्द्रीय सदस्य पदमा छनौट गरिएको पार्टी प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए।
छानिएका सदस्यहरूको नामसूचीः
दार्चुलाका अशोक सिंह सम्राट
कैलालीका लोकेन्द्र कुँवर
काठमाडौंका बिनोद श्रेष्ठ
कास्कीका अरुण गिरी
सिन्धुपाल्चोकका इन्जिनियर गोपीकृष्ण चौलागाईं
दाङका शिवकुमार चौधरी
सुर्खेतका रविकिरण हमाल
पश्चिम नवलपरासीका नवतीत कुमार मिश्र
काठमाडौंका समीर शर्मा
युके प्रवासका डा. डेभिड थापा
धादिङकी बिना लामा
पर्साकी बिना जयसवाल
सिन्धुपाल्चोककी लक्ष्मी (नानी) थापा
सुनसरीकी नजियाँ खातुन मिया
ललितपुरकी इञ्जिनियर सजिना कार्की
सल्यानकी अनिशा नेपाली
तनहुँकी रेजिना श्रेष्ठ
काभ्रेपलाञ्चोककी इञ्जिनियर दीपा श्रेष्ठ
काठमाण्डौंकी आश्मा कुमारी केसी (मिस नेपाल वर्ल्ड २०२४)
हुम्लाकी तारा जैसी
What if you could work from Anywhere?
Explore More with something that can change your Life!















