06/24/2025, 01:48:09

इनफिनिक्स नेपाललको नयाँ स्मार्टफोन ‘जीटफ ३० प्रो’ बजारमा


काठमाडौँ, ९ असार : इनफिनिक्स नेपालले आफ्नो नयाँ स्मार्टफोन जीटफ ३० प्रो बजारमा ल्याएको छ । उक्त फोनको मूल्य ४७ हजार ९९९ रुपैयाँ पर्ने कम्पनीले जनाएको छ ।

यो कुनै साधारण फोन लञ्च होइन-यो त मोबाइल गेमिङ्गको दुनियाँमा एकदमै ठुलो एलान हो,’ कम्पनीद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘साहसी, छिटो र डर नभएकाहरूका लागि बनेको यो केवल फोन होइन, यो त ओरिजिनल गेमर (जीटी)हरूका लागि बनाइएको युद्ध हतियार हो।

पब्जी मोबाइलका टप प्लेयरहरू, स्ट्रिमरहरू र गेमिङ फ्यानहरूको उपस्थितिमा इनफिनिक्सले ठुलो सन्देश दिएको छ ‘जीटी ३० प्रो केवल गेमरहरूका लागि मात्र हैन, गेमरहरूले नै निर्माण गरिएको फोन हो -जित्नकै लागि ।

इनफिनिक्स केवल स्मार्टफोन ब्रान्ड मात्र नभई नेपालमा मोबाइल ईस्पोर्ट्सलाई सहयोग गर्ने पहिलो ब्रान्ड पनि रहेको कम्पनीले दाबी गरेको छ ।जीटी २० प्रो को लोकप्रियता पछि अब जीटी ३० प्रो को आगमनसँगै इनफिनिक्सले नेपालमा ईस्पोर्ट्स-रेडी स्मार्टफोनहरूको नेतृत्व सम्हालेको छ । उक्त फोनमा १६ जीबी र्‍याम र २५६ जीबी स्टोरेज रहनेछ । मल्टिटास्किङ सजिलै, गेमिङ पूर्ण रूपमा नियन्त्रण हुने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ