मङ्गलबार, पुष ०९, २०८१

महिला परराष्ट्रमन्त्रीको सम्मेलनमा भाग लिन परराष्ट्रमन्त्री डा. राणा सोमबार क्यानडा जाने


परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा सोमबार क्यानडा जाने भएकी छिन् । महिला परराष्ट्रमन्त्रीको सम्मेलनमा भाग लिनका लागि उनी त्यतातर्फ जान लागेकी हुन् । क्यानडाको कार्यक्रम सकाएर उनी उतैबाट अमेरिका जाने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

अमेरिकामा जारी संयुक्त राष्ट्र संघको महासभामा भाग लिनका लागि उनी त्यता जाने छिन् । सोही कार्यक्रममा भाग लिनका लागि नेपालबाट प्रधानमन्त्री केपी शर्मा ओली पनि अमेरिका जाँदैछन् ।


Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading