06/20/2025, 16:42:10

रास्वपाले पनि गर्‍यो संसद् बैठक बहिष्कार


६ असार, काठमाडौं : रास्वपाका सांसदहरूले शुक्रबारको प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन् ।

भिजिट भिसा प्रकरणमा छानबिनका लागि संसदीय समिति वा न्यायिक आयोगको माग गर्दै रास्वपाले जेठ ३० पछिका प्रतिनिधिसभा बैठकमा वेल घेराउ गर्दै आइरहेको छ । रास्वपा सांसद आज कालो कपडा लगाएर आएका थिए ।

आज प्रधानमन्त्री केपी ओलीसँग संसद्‍मा प्रत्यक्ष प्रश्नोत्तर तय भएको थियो । रास्वपाको विरोधपछि उक्त कार्यक्रम हटाइएको छ । यसअघिका बैठक बहिष्कार गर्दै आएको राप्रपा पनि आज रास्वपाका सांसदसँगै बाहिरिएको छ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ