06/15/2025, 19:21:31

मुख्य र प्रमुख सचेतकलाई सभामुख घिमिरेले बोलाए, संसद्‌को क्यालेन्डरबारे छलफल हुने


काठमाडौँ, १ असार : सभामुख देवराज घिमिरेले प्रमुख दलका मुख्य सचेतक तथा प्रमुख सचेतकहरूलाई छलफलका लागि बोलाएका छन्।

उनको सचिवालयका अनुसार सभामुख घिमिरेले आइतबार बिहान ९ बजे प्रमुख दलका मुख्य सचेतक र प्रमुख सचेतकहरूलाई छलफलका लागि बोलाएका हुन्। छलफल सिंहदरबारमा हुनेछ । विपक्षीको अवरोधका कारण जेठ १३ गतेदेखि नै संसद्ले क्यालेन्डर बमोजिम काम गर्न पाएको छैन। यसबीचमा बजेट प्रस्तुत भएपनि बजेटमाथिको छलफल प्रभावित भएको छ।

सभामुख घिमिरेले प्रभावित भएको कार्यतालिकाबारे छलफल गर्ने र संसद् सञ्चालनका विविध विषयहरूमा छलफल गर्ने गरी बैठक बोलाएका हुन्। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने भन्दै विपक्षी दलहरूले जेठ १३ गतेदेखि संसद् अवरुद्ध गर्दै आएकोमा शुक्रबार सत्तापक्ष र विपक्षबीच छानविन समिति गठन गर्ने सहमति भएको थियो।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ