मङ्गलबार, पुष ०९, २०८१

उपसभामुखको प्रश्नबारे छलफल गर्न रास्वपाले बोलायो सचिवालय बैठक


२६ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक बोलाएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्नेगरी सचिवालय बैठक बोलाइएको कार्यबाहक प्रवक्ता मनिष झाले जानकारी दिए । उनका अनुसार समसामयिक विषयमा छलफल गर्न सचिवालय बैठक बोलाइएको हो ।

रास्वपाबाट उपसभामुख बनेकी इन्दिरा रानामाथि संसदमा प्रश्न उठेपछि रास्वपाले उठेका प्रश्नबारे छलफल गर्न सचिवालय बैठक बोलाएको बुझिएको छ । उपसभामुख रानाले पदीय आचरण विपरीत अमेरिकी दूतावासलाई पत्र लेखेको भन्दै सत्तापक्षका सांसदहरूले राजीनामा दिएर मार्ग प्रशस्त गर्न माग गर्दै आएका छन् ।


Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading