मङ्गलबार, पुष ०९, २०८१

रवि लामिछाने प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगे


२५ भदौ, काठमाडौं । उपसभामुख इन्दिरा रानामाथि महाअभियोग लगाउने चर्चाका बिच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।

सभापति लामिछाने केहीबेर अघि बालुवाटार छिरेको स्रोतले जनाएको छ । मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा उपसभामुख इन्दिरा रानाले संसद् सचिवालय समेतलाई थाहा नदिई पदीय दुरुपयोग गर्दै अमेरिकी दूतावासलाई पत्र लेखेको भन्दै सांसदहरूले राजीनामा माग गरेका थिए । संसदमा रानाबारे कुरा उठेपछि पोखरामा पुगेका लामिछाने मंगलबार काठमाडौँ फर्केर प्रधानमन्त्री ओलीसँगको भेटका लागि बालुवाटार पुगेका हुन् ।


Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading