06/08/2025, 14:55:07

सेकुङ र भुतर्छो तालमा दश हजार माछाका भुरा छाडियो


मुस्ताङ, २५ जेठः मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित सेकुङ ताल र भुतर्छो तालमा १० हजार माछाका भुरा छाडिएका छन् । मुस्ताङका पूर्वसङ्घीय सांसद प्रेमप्रसाद तुलाचनको सहयोगमा थासाङस्थित नाकुम संरक्षण व्यवस्थापन समिति (सिएमसी)ले आज यहाँका दुर्व तालमा कमनकार्प जातका माछाका भुरा छाडिएका हुन् ।

पूर्वसांसद तुलाचनको उपस्थितिमा थासाङ गाउँपालिका–२ का वडाध्यक्ष गौतम शेरचन र नाकुम संरक्षण व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्यहरूले माछाका भुरा छाडेका सिएमसीका सदस्य मनप्रसाद गौचनले जानकारी दिनुभयो ।

समुन्द्री सतहदेखि करिब तीन हजार उचाइमा अवस्थित सेकुङ र भुतर्छो तालमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले माछाका भुरा छाडिएको वडा सिएमसी सदस्य गोविन्द शेरचनले जानकारी दिनुभयो ।

राष्ट्रिय गौरवको बेनी—जोमसोम मुख्य राजमार्ग सडकबाट पश्चिमतर्फ उकालोबाट सवारीसाधनमार्फत १५ मिनेटमा पुग्न सकिने यी ताल धार्मिक तथा सांस्कृतिक महत्व भएर पनि ओझेलमा छन् ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ