06/06/2025, 22:31:29
पतञ्जलि जग्गा हिनामिना प्रकरण

पतञ्जलिजस्तो संस्थामा त्यस्तो होला भन्ने मैले कल्पना पनि गरेको थिएन : माधवकुमार नेपाल


२२ जेठ, रौतहट : एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पतञ्जलि प्रकरणमा आफूले कुनै बदमासी नगरेको दाबी गरेका छन् ।

आज रौतहटमा पत्रकारसँग कुरा गर्दै नेपालले भने, ‘कसले के लुपहोल राखे होलान्, मलाई त्यसबारे जानकारी भएन । पतञ्जलिजस्तो संस्थामा त्यस्तो होला भन्ने मैले कल्पना पनि गरेको थिएन ।‘ आफूले कुनै अनुचित काम नगरेको र त्यस्तो कामलाई प्रोत्साहन पनि नगरेको उनले जिकिर गरे ।

पतञ्जलि जग्गा हिनामिना प्रकरणमा भ्रष्टाचार मुद्दा दायर भएको विषयमा पत्रकारले राखेको जिज्ञासामा उनले भने, ‘अहिलेसम्म के भयो मलाई जानकारीमा छैन । कानुन व्यवसायीसँग परामर्श गर्नुपर्छ ।

पतञ्जलि जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ