मङ्गलबार, पुष ०९, २०८१

बाँडिएको चिटले मान्छे हारेका छन्, चिट नभएका मान्छे जितेका छन् : अध्यक्ष माधव नेपाल


२४ भदौ, काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीको पदाधिकारी छान्न भएको चुनावमा चिट बाँडिएको स्वीकार गरेका छन् । तर आफू कसैको पक्षमा नलागेको उनको दाबी छ ।

न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै अध्यक्ष नेपालले आफू पार्टी अध्यक्षको रुपमा सबैको साझा भएको बताए । पदाधिकारीमा सहमति जुटाउन नसकेपछि आफूले त पदाधिकारी नै हटाउने प्रस्ताव राखेको उनले स्मरण गरे । सबैले निर्वाचनको माग गरेपछि आफू बाध्य भएको उनले बताए ।

चिट बाँड्न समेत आफूले रोक लगाएको भएपनि चिट बाँडिएको अध्यक्ष नेपालले स्वीकार गरे । ‘सबै चिट मैले पाइसकेको पनि छैन, मागिरहेको छु । कुन–कुन चिटमा क–कसको नाम छ, हेर्छु’, उनले भने । तर त्यसरी बाँडिएको चिटले मात्र काम नगरेको उनको दाबी छ । ‘चिटमा नाम भएका मान्छे हारेका छन्, नाम नै नभएका मान्छे जितेका छन्’, अध्यक्ष नेपालले भने, ‘चिटले त जिताएको रहेनछ ।’

अध्यक्ष नेपालले सार्वजनिक रुपमा पार्टीको विरुद्धमा बोल्ने नेताहरुलाई छुट दिन नसकिने समेत बताए ।


Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading