06/06/2025, 11:48:35

जातीय विभेदविरूद्ध मुस्ताङमा बाजागाजासहित -याली


मुस्ताङ, २१ जेठः ‘नेपालभरका दलितहरू एक हौँ’ भन्ने नाराका साथ यहाँ आज बाजागाजासहित -याली निकालिएको छ । १९औँ जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले जोमसोममा -याली तथा अन्तरक्रिया गरेको हो ।

¥यालीपछि आयोजित अन्तरक्रियामा प्रशासन, प्रहरी, जिल्ला सरकारी वकिल कार्यालय, नागरिक समाज र पत्रकारलगायत सहभागी थिए । नेपाल दलित मुक्ति सङ्गठनका केन्द्रीय उपाध्यक्ष एवं गण्डकी प्रदेश इञ्चार्ज भीमबहादुर रसाइलीले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । इञ्चार्ज रसाइलीले राष्ट्रिय रूपमा राज्यले जातीय छुवाछुत तथा उन्मूलन दिवस घोषणा गरेपनि यसका अवशेषहरू विद्यमान रहेको बताउनुभयो ।

यस्तै दलित मुक्ति समाज नेपाल मुस्ताङका संस्थापक अध्यक्ष तिलक विकले दलितहरूको समुत्थान र न्यायका लागि दलित एकता हुनुपर्ने जिकिर गर्नुभयो । मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जातीयताका आधारमा कुनै पनि वर्ग र समुदाय माथि हुने हिंसा, भेदभाव र असमानता कानुनी रूपमा क्षम्य नहुने बताउनुभयो ।

कार्यक्रममा विभिन्न वक्ताहरूले दलित वर्ग माथि हुने हिंसा, विभेद र असमानताविरूद्ध आफ्ना भनाइ राखेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासङ्घ मुस्ताङ शाखाका सचिव आदित्य रसाइली जातीय छुवाछुत तथा उन्मूलनका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ