06/01/2025, 02:29:04

आइतबार भोटोजात्रा, उपत्यकामा सार्वजनिक बिदा


१६ जेठ, काठमाडौं : आगामी आइतबार रातो मच्छिन्द्रनाथको भोटो देखाइने भएको छ । उक्त दिन काठमाडौं उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा हुने भएको छ । गृह मन्त्रालयले आज एक सूचना जारी गरेर काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा उक्त दिन सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ ।

हरेक वर्ष ललितपुरको जावलाखेलमा भोटोजात्रा देखाइन्छ । उक्त अवसरमा राष्ट्रपतिसहितका विशिष्ट अतिथि सहभागी हुनेछन् । हरेक वर्ष राष्ट्रप्रमुखको उपस्थितिमा मच्छिन्द्रनाथको रथमा उभिएर गुठी संस्थानका कर्मचारीले भोटो देखाउने परम्परा छ ।

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथलाई पुल्चोकबाट गावहाल, मंगलबार, टंगाल इटीटोल, कुमारीपाटी मानभवन हुँदै बिहीबार जावलाखेल ल्याइएको थियो ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ