05/31/2025, 16:09:23

आइपीएल २०२५ : बेन्ग्लुरु फाइनलमा, पंजाव ८ विकेटले पराजित ।


काठमाडौँ, १६ जेठ: इन्डियन प्रिमियर लिग (आइपिएल) मे २९, २०२५ मा भएको खेलमा यस सिजनको पहिलो क्वालिफायर खेलमा रोयल च्यालेंजर बेन्ग्लुरुले पंजाव किंग्सलाइ ८ विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ  । टस जितेर फिल्डिंग रोजेको बेन्ग्लुरुले पंजावलाइ १४.१ ओभरमा जम्मा १०१ रनमै समेटेको थियो । पंजावका मार्कस स्टोनोएसले सर्वाधिक २६ रनको पारि खेले भने अन्य कुनैपनि ब्याट्सम्यानहरुले २० रन पनि प्रहार गर्न सकेनन् । बेन्ग्लुरुका जोस हजालहुड र सुयास शर्माले ३/३ विकेट लिए भने यस दयाल, भुवनेश्वर कुमार र रमरियो शेफर्ड ले क्रमस २/१/१ विकेट लिए ।

बेन्ग्लुरुले १०२ रनको लक्ष्य पछ्याउने क्रममा फिल साल्टको ५६ रनको मद्दतले १० ओभरमा २ विकेट गुमाउदै १०६ रन प्रहार गर्दै जित हासिल गर्यो । बेन्ग्लुरुका सुयास शर्मा, प्लेयर अफ द म्याच घोसित भए, उनले ३ ओभर बलिंग गर्दै जम्मा १७ रन दिएर ३ विकेट लिएका थिए ।


अघिल्ला खेलहरु :

मिति मे ३०, २०२५ : MI Vs GT (Eliminator)

मिति जुन १, २०२५ : Punjab Kings Vs Winner Eliminator (Qualifier 2)

मिति जुन ३, २०२५ : Royal Challengers Bengaluru Vs Winner Qualifier 2 (Final)

 


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ