काठमाडौँ, १४ जेठ: इन्डियन प्रिमियर लिग (आइपिएल) मे २७, २०२५ मा भएको खेलमा यस सिजन अन्तिम लिग खेलमा लखनउ सुपर जाइन्ट्सले दिएको २२७ रनको बिशाल लक्ष्य रोयल च्यालेन्जर बेन्ग्लुरुले ४ विकेटको क्षतिमा १८.४ ओभरमा नै उक्त लक्ष्य भेटाएको थियो । पहिलो पारि ब्याटिंग गरेको लखनउले कप्तान रिषभ पन्तको ११८ रन र मिचेल मार्सको ६७ रनको मद्दतले २० ओभरमा ३ विकेटको क्षतिमा २२७ रन बनाउन सफल भएको थियो भने बेग्लुरुका कप्तान जितेश शर्माले आक्रमक ब्याटिंग गर्दै ३३ बलमा ८५ रन र बिराट कोहलीको ५४ रन मद्दतले १८.४ ओभरमै उक्त लक्ष्य भेत्याएको थियो ।यो जित संगै आरिसिबी आइपिएल २०२५को क्वालिफायार १ मा पुग्ने दोश्रो टोलि बनेको छ, यस अगाडिनै पंजावले मुम्बईलाइ पराजित गर्दै क्वालिफायर १ मा आफ्नो स्थान सुरक्षित गरेको थियो । गुजरात अंक तालिकामा तेश्रो स्थानमा रहेको छ भने मुम्बई चौथोमा रहेको छ, यी दुइ टोलि इलिमिनेटर खेल्ने छन् ।
अघिल्ला खेलहरु :
मिति मे २९, २०२५ : RCB Vs PBKS (Qualifier 1)
मिति मे ३०, २०२५ : MI Vs GT (Eliminator)
मिति जुन १, २०२५ : Looser Qualifier 1 Vs Winner Eliminator (Qualifier 2)
मिति जुन ३, २०२५ : Winner Qualifier 1 Vs Winner Qualifier 2 (Final)