१८ भदौ, काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका लागि सकारात्मक जबाफ दिएको बताएकी छन्। संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा सोमबार बोल्दै परराष्ट्र मन्त्री राणाले आफूले भदौ २ गतेदेखि ६ गतेसम्म भारत भ्रमण गरेको र सो अवसरमा भारतीय प्रधानमन्त्री मोदीसँग पनि शिष्टाचार भेटवार्ता भएको बताएकी हुन्।
‘प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई व्यक्त गर्नुभएको न्यायो अभिवादन तथा शुभकामना प्रवाह गर्नुका साथै नेपालको राजकीय भ्रमणका लागि दिनुभएको निमन्त्रणा पत्र औपचारिक रूपमा उहाँलाई हस्तान्तरण गरेँ,’ मन्त्री राणाले भनिन्, ‘भारतीय प्रधानमन्त्रीले निमन्त्रणा सहर्ष स्वीकार गर्दै नेपाल भ्रमणका लागि सकारात्मक जबाफ दिनुभएको छ।’
भारतीय विदेश मन्त्री एस जयशंकरको निमन्त्रणामा परराष्ट्र मन्त्री राणा भारत भ्रमणमा गएकी थिइन्।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!














