05/23/2025, 23:07:36

फूटबल समाचार : कन्फरेन्स लिगको फाइनलमा चेल्सी र रियल बेटिस भिड्ने, च्याम्पियन्स लिगको फाइनल ३१ मेमा हुने ।


मिति २०८२ जेठ ९ गते: युइएफए च्याम्पियन्स लिगको फाइनल खेल येही मे ३१मा फ्रेन्च लिग बिजेता पिएसजी र इटालियन जाइन्ट इन्टर मिलन बीच म्युनिख, जर्मनीमा हुदैछ । पिएसजीले सेमिफाइनलमा इन्ग्लिश क्लब आर्सनललाई समग्रमा ३-१ गोलको अन्तरले हराउदै फाइनलमा प्रवेश गरेको हो भने इन्टर मिलनले स्पेनिस ला लिग बिजेता क्लब बार्सिलोनालाइ समग्रमा ७-६ गोलको अन्तरले हराउदै फाइनलको टिकट काटेको हो । पिएसजीले प्रिमिएर लिग बिजेता लिभरपूललाइ सुपर १६ मा, अर्को इन्ग्लिश कल्ब एस्टन भिल्लालै सुपर ८ मा हराएको हो । इन्टर मिलानले भने सुपर ८ मा जर्मन क्लब बार्यन मुनिखलाइ समग्रमा ४-३ गोलको अन्तरले र सुपर -१६ मा नेदरल्याण्ड क्लब Ferenoord लाइ समग्रमा ४-१ गोलको अन्तरले हराएको हो।

कन्फरेन्स लिगको फाइनल २८ मे मा चेल्सी र रियल बेटिस बीच Estádio Municipal de Breslávia रंगशाला पोल्याण्डमा हुदैछ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ