काँक्रेविहार (सुर्खेत), ५ जेठ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनतामा क्रान्तिको चेत अझै उस्तै रहेको बताउनुभएको छ ।
छेडागाड नगरपालिका–१२ मनघाटमा आयोजित जनसभालाई आज सम्बोधन गर्दै अध्यक्ष दाहालले २७ वर्षअघिको क्रान्तिको गति र अहिलेको गति एकै खालको देखिएको बताउनुभयो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका दाहालले जनयुद्धमा जाजरकोटले पु-याएको योगदानको प्रशंसा गर्नुभयो ।
जनयुद्धको केन्द्रीय आधार इलाका रहेको जाजरकोट आजको परिवर्तनको हिस्सेदार रहेको उहाँको भनाइ थियो । १० वर्षदेखि अलपत्र शान्ति प्रक्रियाका काम विधेयकमार्फत समाधान गर्ने प्रयास भएको उहाँले बताउनुभयो ।
अब फेरि जनताले माओवादीलाई बलियो बनाए मात्र सबै जनता बलियो हुने उहाँको भनाइ छ । “हामीले गरेका गल्ती कमजोरी सच्याउने प्रयास हामीले गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “अब फेरी हामीलाई तपाईँहरुले साथ दिनुभएमा जनता बलियो जनसाधारण बलियो हुनेछ ।” मध्यपहाडी लोकमार्ग अभियानको उद्देश्य जनतासँग जोडिने भएको उहाँले बताउनुभयो ।
जाजरकोटका जनताले उठाएका कुरा सदनदेखि सरकारम्म राख्ने उहाँले प्रतिबद्धता गर्नुभयो । मध्यपहाडी राजमार्गको मन्ताभिरको अवरोध हटाउन प्रयास गर्ने आश्वासन दिनुभयो । जाजरकोट–जुम्ला जोड्ने सडक निर्माण तथा नलगाड जलविद्युत् आयोजना निर्माणका लागि पहल गर्ने उहाँले बताउनुभयो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!












