मङ्गलबार, पुष ०९, २०८१

एकीकृत समाजवादी भ्रष्टाचार मुद्दामा हदम्यादको विपक्षमा


१४ भदौ, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) भ्रष्टाचार मुद्दामा हदम्यादको विपक्षमा उभिएको छ । संसद्को राज्य व्यवस्था समितिमा विचाराधीन भ्रष्टाचार नियन्त्रण ऐन–२०५९ को संशोधन विधेयकमाथि छलफल चलिरहेका बेला एकीकृत समाजवादी हदम्यादको विपक्षमा उभिएको हो ।

भ्रष्टाचार नियन्त्रणबारे सबै दलहरूले चर्को भाषण गर्ने गरे पनि हदम्यादबारे भने उनीहरू पक्ष र विपक्षमा उभिएका छन् । ‘हाम्रो पार्टी भ्रष्टाचारको मुद्दामा हदम्याद राख्नु हुँदैन भन्ने प्रस्ट धारणा राख्दछ’, एकीकृत समाजवादीको पहिलो पूर्ण बैठकले पारित गरेको प्रस्तावमा भनेको छ । सो पार्टीले भ्रष्टाचारको मुद्दामा हदम्याद नराख्ने कानुन निर्माण गर्न संसद्सँग माग समेत गरेको छ ।

‘हाम्रो पार्टी भ्रष्टाचारको मुद्दामा हदम्याद राख्नुहुँदैन भन्ने प्रस्ट धारणा राख्दछ । यसैगरी यो बैठक नेपालको संसद्लाई भ्रष्टाचारको मुद्दामा हदम्याद नराख्ने कानुन निर्माण गर्न माग गर्दछ र सम्पूर्ण राजनीतिक दलहरू र नागरिक समाजलाई यो विषयमा सजग बन्न आव्हान गर्दछ’, एकीकृत समाजवादीको बैठकले पारित गरेको तात्कालिक प्रस्तावमा भनिएको छ ।


Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading