१३ भदौ, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले तीन जनालाई वरिष्ठ नेता मनोनीत गरेको छ। पार्टीले बिहीबार बेदुराम भुसाल, घनेन्द्र बस्नेत, प्रमेश हमाललाई वरिष्ठ नेता बनाउने निर्णय गरेको हो। यीमध्ये बस्नेत राजेन्द्र पाण्डेसँग वरिष्ठ उपाध्यक्षको प्रतिस्पर्धामा थिए। उनलाई वरिष्ठ नेता बनाउने आश्वासन दिएर उम्मेदवारी फिर्ता लिन लगाइएको थियो। त्यसपछि पाण्डे निर्विरोध वरिष्ठ नेता बनेका थिए।
तीनै जना वरिष्ठ नेतालाई अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालपछिको वरीयतामा राखिएको हो। बिहीबार सकिएको केन्द्रीय कमिटी पूर्ण बैठकले बस्नेत, हमाल र भुसाललाई वरिष्ठ नेता चयन गर्ने निर्णय गरेको उपमहासचिव मेटमणि चौधरीले बताए।
‘उहाँहरू सिनियर भएकाले वरिष्ठ नेता चयन गर्ने निर्णय गरेका हौं,’ उनले भने।
बुधबार एकीकृत समाजवादीको पूर्ण बैठकले १७ सदस्यीय पदाधिकारी चुनावमार्फत् टुंगो लगाएको थियो। साथै १०५ सदस्यीय पोलिटब्युरो र ३४४ सदस्यीय केन्द्रीय कमिटी चयन भइसकेको छ। एकीकृत समाजवादीले गत असार १६ देखि २० गतेसम्म दसौं महाधिवेशन गरेको थियो। त्यसबेला अध्यक्ष, सम्मानित नेता र महासचिवमा घनश्याम भूसाल सर्वसम्मतिले चयन भएका थिए।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!















