१३ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीले चुनावमार्फत ८४ जना पोलिटब्युरो सदस्य छानेको छ । सार्वजनिक मत परिणाम अनुसार सबैभन्दा धेरै विरोध खतिवडाले २०१ मत पाएका छन् । त्यस्तैगरी दोस्रो लोकप्रिय मत जीवनराम श्रेष्ठले १९५ मत पाउँदा तेस्रो स्थानमा रहेकी रमा आले मगरले १९४ मत पाएकी छिन् ।
पार्टीको पदाधिकारी चयनको नतिजा बुधबार नै आएको थियो । जसअनुसार महिला उपाध्यक्ष पदमा जयन्ती देवी राई निर्वाचित भएकी थिइन् । उनले नेतृ रामकुमारी झाँक्रीलाई पराजित गरेकी हुन् । यस्तै उपाध्यक्ष (मधेसी समुदाय) पदमा धर्मनाथ प्रसाद साह निर्वाचित हुँदा खुला उपाध्यक्ष पदमा डा गंगालाल तुलाधर, भानुभक्त जोशी, प्रकाश ज्वाला र जगन्नाथ खतिवडा निर्वाचित भएका थिए ।
यसैगरी उपमहासचिव पदमारामकुमार भट्टराई, मेटमणि चौधरी, गरिमा शाह र राजेन्द्रकुमार राई निर्वाचित भएका छन् । यस्तै सचिव (दलित समुदाय) पदमा गणेश बहादुर विश्वकर्मा, सचिव (आदिवासी जनजाती) पदमा बलदेव चौधरी, सचिव खुलामा श्रनाथ बराल, शेरबहादुर कुँवर, चन्द्रबहादुर शाही, सोमप्रसाद पाण्डेय, सावित्राकुमारी भुसाल विजयी भएका छन् ।
दशौँ महाधिवेशनबाट अध्यक्षमा माधव नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाल सर्वसम्मत चयन भएका थिए। यस्तै वरिष्ठ उपाध्यक्षमा मंगललबार नै राजेन्द्र पाण्डे निर्विरोध भएका थिए।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!














