११ भदौ, काठमाडौँ । नेकपा एकीकृत समाजवादीको महिला उपाध्यक्ष बन्नका लागि बहालवाला उपाध्यक्ष जयन्ती राई र सचिव रामकुमारी झाँक्रीबीच प्रतिस्पर्धा हुँदैछ। एकीकृत समाजवादीको विधानअनुसार एक महिला उपाध्यक्ष रहने व्यवस्था छ। सो अनुसार राई र झाँक्रीको उम्मेदवारी परेको हो। निर्वाचन केहीबेरपछि सुरु हुँदैछ।
हाल महिला उपाध्यक्ष रहेकी राईले सोही पदका लागि उम्मेदवारी दिँदा सचिव रहेकी झाँक्रीले आफूलाई बढुवा गर्दै उपाध्यक्षमा उम्मेदवारी दिएकी हुन्। जयन्ती हाल एकीकृत समाजवादीको तर्फबाट राष्ट्रिय सभा सदस्य छिन्। उनी राष्ट्रिय सभाको विधायन व्यवस्थापन समिति सभापति समेत हुन्।
रामकुमारी भने २०७९ को प्रतिनिधिसभा निर्वाचनमा गुल्मी २ बाट पराजित भएकी थिइन्। एमालेबाट छुट्टिएपछि एकीकृत समाजवादी गठन गर्न अध्यक्ष माधवकुमार नेपाललाई डोहोर्याउने युवा नेतृ रामकुमारी हक्की नेताको रुपमा चिनिन्छिन्। रामकुमारीले कुन पदमा उम्मेदवारी दिन्छिन् भन्ने धेरैको चासो थियो। कार्यकारी भूमिकामा प्रतिस्पर्धा गर्ने अनुमान भइरहँदा उनले महिला उपाध्यक्षमा उम्मेदवारी दर्ता गरेकी छन्।
समाजवादीको २१ सदस्यीय पदाधिकारीमा १८ जनाको लागि आज निर्वाचन हुन लागेको हो। अध्यक्ष, सम्मानीत नेता र महासचिव भने यसअघि नै घोषणा भइसकेको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

















