११ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरू भएको छ। पार्टी केन्द्रीय कार्यालय च:मतिमा बैठक बिहान ८ बजेदेखि सुरू भएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।
केन्द्रीय समिति बैठकमा निलम्बित महामन्त्री डा. मुकुल ढकालको अनुशासनको कारबाहीबारे छलफल हुनेछ। यसअघिको बैठकमा उनलाई स्पष्टीकरणको अन्तिम मौका दिइएको थियो। त्यसअघि पनि उनलाई स्पष्टीकरण सोधिइसकेको छ। पार्टीको प्रतिवेदन मिडियामा चुहाएको, पार्टी हितविरूद्ध गतिविधि गरेको भन्दै उनलाई पार्टी महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट निलम्बन गरिएको छ। उनलाई अब रास्वपाका साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न लागिएको हो।
यस्तै आज बस्ने बैठकले स्थानीय छाया सरकार सञ्चालनबारे कार्यविधि बनाउने छ। पार्टीका आधारभूत संगठन बलियो बनाउन र संगठनात्मक प्रभावकारिताका लागि रास्वपाले स्थानीय तहमा छाया सरकार बनाउन लागेको हो। बैठकले समसामयिक पार्टी गतिविधिबारे पनि छलफल गर्नेछ। त्यस्तै राष्ट्रिय भेलाको तयारी पनि बैठकले गर्ने कार्यवाहक प्रवक्ता झाले जानकारी दिए।
यसअघिको पार्टीको दुई दिने कार्यशालाले राष्ट्रिय भेला गर्न सुझाव दिएको थियो। जसअनुसार केन्द्रीय समितिले असोज १ र २ गते राष्ट्रिय भेला गर्ने निर्णय गरिसकेको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

















