05/03/2025, 00:12:05

आइपीएल २०२५ : रोहित शर्मा र रायन रिकलटनको अर्धशतकको मद्दतले मुम्बई इण्डियन्सले राजस्थान रोयल्सलाइ पराजित गर्यो


काठमाडौँ, १९ बैसाख: इन्डियन प्रिमियर लिग (आइपिएल) मे १, २०२५ मा भएको खेलमा मुम्बई इण्डियन्सले राजस्थान रोयल्सलाई १०० रनको फराकिलो अन्तरले पराजित गरेको छ । म्यान अफ द म्याच चुनिएका मुम्बईको रायन रिकलटन र रोहित शर्माले क्रमश ६१ र ५३ रन बनाए । रायन रिकलटनले ७ चौका र ३ छक्का प्रहार गरे भने रोहित शर्माले ९ चौका प्रहार गरे त्येस्तै कप्तान हार्दिक पाण्डे र सुर्य कुमार यादवले बराबरी २३/२३ बल खेल्दै ४८/४८ रनको परि खेले ।



पहिलो पारि ब्याटिंग गरेको मुम्बई इण्डियन्सले २० ओभर ब्याटिंग गर्दै २ विकेटको क्षतिमा २१७ रन बनाउदा २१८ रनको लक्ष्य पछ्याउने क्रममा राजस्थान रोयल्सले १६.१ ओभरमा साबि विकेट गुमाउदै ११७ रन मात्र बनाउन सक्यो । अघिल्ल्लो खेलमा गुजरात टाइटन्ससंग १०१को परि खेलेका वैभव सूर्यवंशीले दीपक चाहरले शुन्यमा आउट गराउदा अन्य ब्याट्सम्यानहरुले पनि राम्रो खेल्न सकेनन् , राजस्थानका जोफ़्रा आर्चरले सर्वाधिक ३० रनको पारी खेले । राजस्थानलाइ सस्तोमै समेट्न मुम्बईका जोफ़्रा आर्चर र कर्ण शर्माले ३/३ विकेट लिए भने जसप्रीत बुमराहले २ विकेट र हार्दिक पंड्याले १ विकेट लिए। यो जित संगै मुम्बई इण्डियन्स १४ अंक सहित अंक तालिकाको पहिलो स्थानमा पुग्नुको साथै प्लेअफको लागि बलियो दाबेदारी पेश गरेको छ भने हार संगै राजस्थान रोयल्स प्लेअफ दौडबाट बाहिरिएको छ ।

आजको खेल : #GTVSRH
हालसम्मको अंक तालिका

स्थानटिमखेलजितहारटाईन.न.अंकनेट रन रेट (NRR)
1मुंबई इन्डियन्स11740014+1.274
2रॉयल च्यालेन्जर्स बेंगलुरु10730014+0.521
3पञ्जाब किङ्स10630113+0.199
4गुजरात टाइटन्स9630012+0.748
5दिल्ली क्यापिटल्स10640012+0.362
6लखनऊ सुपर जायन्ट्स10550010-0.325
7कोलकाता नाइट राइडर्स1045019+0.271
8राजस्थान रोयल्स1138006-0.780
9सनराइजर्स हैदराबाद936006 -1.103
10चेन्नई सुपर किंग्स1028004-1.211


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ