
१७ वैशाख, काठमाडौं : साओमीले आफ्नो नयाँ प्रिमियम स्मार्टफोन ‘साओमी १४ टी’ सार्वजनिक गरेको छ । मोबाइलले फोटोग्राफी र भिडियोग्राफीमा परिवर्तन ल्याउने कम्पनीको दाबी छ ।
यस फोनमा ५० मेगापिक्सेल लेन्सको मुख्य क्यामेरा, १२ मेगापिक्सेलको अल्ट्रा–वाइड र ५० मेगापिक्सेलको टेलिफोटो क्यामेरा रहेको छ ।
यो फोन मिडिया टेक डाइमेन्सिटीमार्फत सञ्चालित रहेको कम्पनीको भनाइ छ । साथै यसमा ६.६७ इन्चको १४४ हर्ज एमोलेड डिस्प्ले, ५००० एमएएच ब्याट्री र ६७ वाट हाइपर चार्जर रहेको छ । यस फोनमा फोरके भिडियो ६० एफपीएसमा रेकर्ड गर्न सक्ने विशेषता रहेको छ ।
साथै साओमी १४ टीले उच्च प्रदर्शन, एआई क्षमतासहितको फोटो तथा भिडियो अनुभव र क्लासिक फोटोग्राफीको आत्मालाई एकै ठाउँमा ल्याएको कम्पनीको दाबी छ ।