04/30/2025, 14:34:48

आइपीएल २०२५ : सुनिल नारायणको अलराउण्डर प्रदर्शनले कलकत्ताले दिल्लीलाइ पराजित गर्यो


काठमाडौँ, १७ बैसाख: इन्डियन प्रिमियर लिग (आइपिएल) अप्रिल २९, २०२५ मा भएको खेलमा कलकत्ता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि १४ जित निकालेका छ । म्यान अफ द म्याच कलकत्ताको सुनील नारायणले १६ बलमा २७ रन बनाउनुका साथै ३ विकेट समेत लिए ।



पहिलो पारि ब्याटिंग गरेको कलकत्ता नाइट राइडर्सले २० ओभर ब्याटिंग गर्दै ९ विकेटको क्षतिमा २०४ रन बनायो भने २०५ रनको लक्ष्य पछ्याउने क्रममा दिल्लीले २० ओभरमा ९ विकेट गुमाउदै १९० रन मात्र बनाउन सक्यो । कलकत्ताका अंगकृष रघुवंशीले ४४ रन, रिंकू सिंह ३६ रन, सुनील नारायण २७ रन, रहमान उल्लाह गुरबाज़ र अजिंक्य रहाणे २६/२६ को योगदान दिए । दिल्लीका मिचेल स्टार्कले सर्वाधिक ३ विकेट लिए भने विप्रज निगम र अक्षर पटेलले २/२ विकेट लिए। दिल्लीका ब्याट्सम्यान फ़ाफ़ डुप्लेसीले सर्वाधिक ६२ रन, अक्षर पटेलले ४३ रनको पारि खेले । कलकत्ताका सुनील नारायणले ३ विकेट र वरुण चक्रवर्तीले २ विकट लिए ।

आजको खेल : #CSKVPBKS
हालसम्मको अंक तालिका

स्थानटिमखेलजितहारटाईन.न.अंकनेट रन रेट (NRR)
1रॉयल च्यालेन्जर्स बेंगलुरु10730014+0.521
2मुंबई इन्डियन्स10640012+0.889
3गुजरात टाइटन्स9630012+0.748
4दिल्ली क्यापिटल्स10640012+0.362
5पञ्जाब किङ्स9530111+0.177
6लखनऊ सुपर जायन्ट्स10550010-0.325
7कोलकाता नाइट राइडर्स1045019+0.271
8राजस्थान रोयल्स1037006-0.349
9सनराइजर्स हैदराबाद936006 -1.103
10चेन्नई सुपर किंग्स927004-1.302


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ