04/29/2025, 18:57:09

आइपीएल २०२५ : १४ बर्षीय वैभव सूर्यवंशीको शतकको मद्दतले राजस्थान रोयल्सले गुजरात टाइटन्सलाइ हरायो


काठमाडौँ, १६ बैसाख: इन्डियन प्रिमियर लिग (आइपिएल) अप्रिल २८, २०२५ मा भएको खेलमा राजस्थान रोयल्सले गुजरात टाइटन्सलाइ ८ विकेटको जित निकालेका छन् । म्यान अफ द म्याच राजस्थान रोयल्सका वैभव सूर्यवंशीले ३८ बल खेल्दै ७ चौका र ११ छक्का प्रहार गर्दै १०१ रन बनाए, उनले ३५ बलमा शतक प्रहार गरेका हुन, जुन आइपिएल इतिहासको दोश्रो छिटो शतक हो । यस भन्दा पहिले क्रिस गेल ३० बल खेल्दै पुने वारिएर्सबिरुद्ध शतक प्रहार गरेका थिए, उक्त खेलमा उनि एक्लै ले १७५ रनको अविजित पारी खेलेका थिए ।

पहिलो पारि ब्याटिंग गरेको गुजरात टाइटन्सले २० ओभर ब्याटिंग गर्दै ४ विकेटको क्षतिमा २०९ रन बनायो भने २१० रनको लक्ष्य पछ्याउने क्रममा राजस्थान रोयल्सले १५.५ ओभरमा २ विकेट गुमाउदै २१२ रन बनाएर जित हासिल गर्यो । गुजरातका साई सुदर्शनले ३० बलमा ३९ रन , शुभमन गिलले ५० बलमा ८४ रन, जॉस बटलरले २६ बलमा ५० रनको योगदान दिदै ठुलो योगफल तयार परेका थिए । राजस्थान रोयल्सका महीश तीक्षणाले ३ विकेट लिए भने जोफ़्रा आर्चर र संदीप शर्माले १/१ विकेट लिए। राजस्थान रोयल्सका ब्याट्सम्यान वैभव सूर्यवंशीले ३८ बलमा १०१ रन, यशस्वी जायसवालले ४० बल खेल्दै ७० रन र रियान पराग १५ बलमा ३२ रनको पारि खेले । राजस्थानका प्रसिद्ध कृष्णा र रासिद खानले १/१ विकट लिए ।

आजको खेल : #DCVKKR
हालसम्मको अंक तालिका

स्थानटिमखेलजितहारटाईन.न.अंकनेट रन रेट (NRR)
1रॉयल च्यालेन्जर्स बेंगलुरु10730014+0.521
2मुंबई इन्डियन्स10640012+0.889
3गुजरात टाइटन्स9630012+0.748
4दिल्ली क्यापिटल्स9630012+0.482
5पञ्जाब किङ्स9530111+0.177
6लखनऊ सुपर जायन्ट्स10550010-0.325
7कोलकाता नाइट राइडर्स935017+0.212
8राजस्थान रोयल्स1037006-0.349
9सनराइजर्स हैदराबाद936006 -1.103
10चेन्नई सुपर किंग्स927004-1.302


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ