७ भदौ, काठमाडौँ । कांग्रेस केन्द्रीय सदस्य तथा परराष्ट्रमन्त्री आरजु देउवा राणाले पार्टीभित्र अनुशासन कायम गर्न जोड दिएकी छन् । पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्दै उनले अनुशासन नभए कांग्रेस पार्टी नै अघि बढ्न नसक्ने धारणा राखिन् ।
‘कुनै पनि ठाउँमा अनुशासन हुँदैन भने पार्टी अघि बढ्न सक्दैन’, उनले भनिन्, अनुशासन हुँदैन भने पार्टी धराशायी हुन्छ ।’ उनले पार्टीभित्र अन्तरघात हाबी रहेको उल्लेख गर्दै गत निर्वाचनमा अन्तरघातकै कारण कम सिट जितिएको जिकिर गरिन् ।
उनले राजनीतिको मनोविज्ञान भनेको ‘इलेक्टिक बाइ द पिपोल’ भएको पनि बताइन् । महामन्त्री विश्वप्रकाश शर्माको प्रतिवेदनको प्रतिवाद गर्दै उनले जनताबाट अनुमोदन हुन्छ भने एउटा व्यक्तिले जतिपटक पनि चुनाव लड्न सक्ने बताएकी हुन् । यस्तै उनले पार्टीमा महिलाहरुको सहभागितामा जोड दिँदै पदाधिकारीमा पनि पर्याप्त स्थान दिनुपर्ने बताइन् ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!














