७ भदौ, काठमाडौँ । गृहमन्त्री रमेश लेखकले वर्तमान सरकार मुलुकमा स्थिरता, सुशासन, दिगो शान्ति स्थापना, समृद्धि र विकासका बनेको बताएका छन्। शुक्रबार बिहान जिल्ला प्रशासन कार्यालय धनुषाको बन्न लागेको नयाँ भवनको शिलान्यास गर्दै उनले मुलुकमा अहिले दुई ठूला राजनीतिक दलहरू मिलेर नयाँ राजनीतिक समीकरण बनेको उल्लेख गर्दै पछिल्लो डेढ वर्षमा भएको राजनीतिक अस्थिरताका कारण आम नागरिकमा परेको निरासा चिर्न अहिलेको सरकार सफल हुने दाबी गरे।
‘अहिले दुई ठूला राजनीतिक दलहरू मिलेर नयाँ सरकार बनेको छ। मुलुकमा स्थिरता दिनका लागि, राजनीतिक स्थिरता दिनका लागि, सुशासन कायम गर्न, दिगो शान्ति स्थापना, समृद्धि र विकासका लागि यो गठबन्धन बनेको हो। यस्तो गठबन्धन बिरलै बन्छन्। यो समीकरणलाई सफल बनाउनुको विकल्प छैन। जनताका निराशालाई आशामा बदल्नुपर्ने छ। अन्त्यसम्म यो समीकरणलाई निरन्तरता दिनेकुराको विकल्प छैन,’ उनले भने।
अस्थिरताका कारण विकास निर्माणका कामले गति लिन नसकेको, अर्थतन्त्रमा शिथिलता उत्पन्न भएको र भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न जटिलता उत्पन्न भएको गृहमन्त्री लेखकले बताए। राजनीतिक दल र नेताहरू गठबन्धन भत्काउने र बनाउने काममै व्यस्त हुँदा विकास निर्माणले गति लिन नसकेको उनले बताए।
‘पछिल्लो डेढ वर्षमा हामीले के देख्यौँ भन्दा एउटा गठबन्धन बन्ने, अर्को भत्किने, संघमा एउटा सरकार बन्ने, दुई, तीन महिनामा प्रधानमन्त्रीजीले विश्वासको मत लिनुपर्ने, फेरि केही पार्टी छोडिने, केही जोडिने। डेढ वर्षसम्म पटक पटक यो अभ्यास भयो। एउटा सरकार बन्छ, अर्को भत्किन्छ, काठमाडौँमा मात्रै बन्ने भत्किने भएको भए हुन्थ्यो, काठमाडौँमा सरकार भत्कियो की सातै प्रदेशमा भत्किन्छ,’ उनले भने।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!















