६ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भ्रष्टाचारको मुद्दामा पाँचवर्षे हदम्याद मान्य नहुने बताएका छन्। प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै उनले सामाजिक सञ्जालमा एउटा भिडियो बनेको र त्यहाँ सचेत युवाहरूले भ्रष्टाचारमा हदम्यादको प्रावधान राख्न लागिएकोबारे चिन्ता व्यक्ति गरेको उनले बताए।
‘सामाजिक सञ्जालमा एउटा भिडिओ बनेको रहेछ; जहाँ युवाहरूले चिन्ता व्यक्त गरेका रहेछन् कि भ्रष्टाचारको मुद्दामा पाँच वर्षे हदम्याद लगाउन खोजिएको छ। त्यसमा सचेत हुनुहोला भनिएको रहेछ। त्यसमा भनिएको छ– यीयी मानिसहरू ती समितिमा छन्, तिनलाई कल गर्नूहोला। म ती सचेत युवालाई धन्यवाद दिन चाहन्छु। जसले निरन्तर फोन गरिरहेका छन्,’ उनले भने। कतै यो विधेयक पास हुने त होइन भनेर ती युवामा संशय रहेको बताउँदै रास्वपालाई भ्रष्टाचरको मुद्दामा पाँचवर्षे हदम्याद मान्य नहुने बताए।
‘नो इफ नो बट, हाम्रो कुरा क्लियरकट! पाँच वर्षे हदम्याद लागु हुने छैन,’ उनले भने, ‘दुई दलको सरकार भएपछि के परिस्थिति आउला, सचेत हुनुहोला भनेर मैले भनेको थिएँ। आज म निर्धक्क भएको छु।’
उनले माइतीघरमा प्रदर्शनरत खगेन्द्र सुनारलाई धरपकड गरेर उनको आवाज थुन्न खोजेको बताए। सुनार राज्यका निकायमा दलितको प्रतिनिधित्वको माग राख्दै शरीरमा नेल भिरेर प्रदर्शनरत छन्। उनलाई निषेधित क्षेत्र तोडेको भन्दै केही दिनअघि प्रहरीले गिरफ्तार गरेको थियो।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

















