04/25/2025, 15:47:51

डिपसिकले सहमतिबिना चिनियाँ कम्पनीलाई डाटा हस्तान्तरण गरेको दक्षिण कोरियाको आरोप


सियोल, १२ वैशाख : चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्स एप डिपसिकले प्रयोगकर्ताको सहमति बिना नै क्लाउड सर्भिस प्लेटफर्ममा व्यक्तिगत डाटा ट्रान्सफर गरिरहेको दक्षिण कोरियाको डाटा सुरक्षा प्राधिकरणले बिहीबार जनाएको छ । प्राधिकरणका अनुसार यो अझै डाउनलोडका लागि उपलब्ध रहेको थियो ।

व्यक्तिगत सूचना संरक्षण आयोग (पिआइपिसी) का अनुसार एआई प्रम्प्टमा उपकरण, नेटवर्क र प्रयोगकर्ता इनपुटहरू समावेश रहेको जानकारी बेइजिङ प्लेटफर्म भोल्केनो इन्जिनमा सर्भरहरूमा हस्तान्तरण गरिएको थियो ।

डिपसिकको आर१ च्याटबटले पश्चिमी प्रतिस्पर्धीहरूको कार्यहरूसँग मेल खाने क्षमता नगण्य लागतमा देखाएपछि जनवरीमा लगानीकर्ताहरू र उद्योग विशेषज्ञहरूलाई आश्चर्यचकित पारेको थियो । यद्यपि दक्षिण कोरिया, इटाली, अस्ट्रेलिया र केही अमेरिकी राज्यहरूले डिपसिकको प्रयोगकर्ता डेटाको भण्डारणमाथि प्रश्न उठाएका छन् र यसको प्रयोगमा प्रतिबन्ध वा सीमित गरेका छन् । पिआइपिसीले फेब्रुअरीमा अनुसन्धान सुरु ग¥यो र डिपसिकको व्यक्तिगत डाटा सङ्कलन अभ्यासहरूको समीक्षा पूरा नभएसम्म यो अब डाउनलोडका लागि उपलब्ध हुनेछैन भन्यो ।

सुरुमा, डिपसिकले प्रयोगकर्ताहरूको सहमति प्राप्त नगरी वा सेवा शुरू हुँदा गोपनीयता नीतिमा यो खुलासा नगरी चीन र संयुक्त राज्य अमेरिकामा अवस्थित कम्पनीहरूमा व्यक्तिगत डाटा स्थानान्तरण गरेको थियो”, आयोगका अधिकारी नाम सेओकले पत्रकारहरूलाई भन्नुभयो, “विशेष गरी, डिपसिकले उपकरण, नेटवर्क र एप जानकारी मात्र नभई, एआई प्रम्प्टहरूमा प्रयोगकर्ता इनपुटहरू पनि भोल्केनो इन्जिनमा स्थानान्तरण गरेको पुष्टि भएको थियो ।

नामका अनुसार अनुसन्धान पश्चात्, डिपसिकले कोरियाको डाटा संरक्षण कानूनहरूलाई अपर्याप्त रूपमा विचार गरेको स्वीकार गर्‍यो, आयोगसँग सहकार्य गर्न इच्छा व्यक्त गर्‍यो र स्वेच्छाले घरेलु एप बजारहरूबाट नयाँ डाउनलोडहरू निलम्बित गर्‍यो ।

डिपसिकले टिप्पणीको अनुरोधका लागि तत्काल प्रतिक्रिया दिएन । कम्पनीले डाटा ‘जनवादी गणतन्त्र चीनमा अवस्थित सुरक्षित सर्भरहरू’ मा सङ्कलन गरिएको बताएको छ । कम्पनीले लागत घटाउँदै यसको एआई उपकरण यसको प्रतिस्पर्धीहरू भन्दा कम परिष्कृत चिप्स प्रयोग गरेर निर्माण गरिएको दाबी गरेको छ । यो एप सुरु भएको केही हप्तामा दशौँ लाख पटक डाउनलोड गरिएको थियो ।

भोल्केनो इन्जिन बेइजिङमा आधारित क्लाउड सेवा प्लेटफर्म हो जुन बाइटडान्सको स्वामित्वमा छ । यो अत्यन्तै लोकप्रिय प्लेटफर्म टिकटकको मूल कम्पनी पनि हो । भोल्केनो इन्जिनमा डाटा स्थानान्तरणका बारेमा सोधिएको प्रश्नमा डिपसिकल यो सुरक्षा कमजोरीहरू समाधान गर्न र प्रयोगकर्ता इन्टरफेस र अनुभव सुधार गर्ने उद्देश्यका लागि पठाइएको बताएको थियो ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ