04/24/2025, 18:08:45

आइपीएल २०२५ : सनराइजर्स हैदरावादलाइ हराउदै मुम्बई इण्डियन्स, अंक तालिकामा तेश्रो स्थानमा


काठमाडौँ, ११ बैसाख: इन्डियन प्रिमियर लिग (आइपिएल) अप्रिल २३, २०२५ मा भएको खेलमा मुम्बई इण्डियन्सले सनराइजर्स हैदरवादलाइ ७ विकेटले पराजित गर्दै अंक तालिकाको तेश्रो स्थानमा उक्लेको छ । सुरुको खेलहरुमा खराव प्रदर्शन गरेको मुम्बई इन्डियन्सले तर पछिल्लो समय राम्रो प्रदर्शन गरिरहेको छ । यो जित मुम्बईको लगातार चौथो जित हो । म्यान अफ द म्याच : ट्रेंट बोल्ट

मुम्बई इन्डियन्स पहिलो पारी बलिंग गर्दै सनराइजर्स हैदरावादलाइ ब्याटिंगको निम्तो दिएको थियो । सनराइजर्स हैदरावादले २० ओभर खेल्दै ८ विकेटको क्षतिमा जम्मा १४३ रन बनाउन सफल भयो । सनराइजर्स हैदरावादका हेनरिक क्लासेन र अभिनव मनोहरले क्रमश ७१ र ४३ रन प्रहार गर्नु बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले खुलेर खेल्न सकेनन् । सनराइजर्स हैदरावादलाइ सस्तोमै समेट्ने क्रममा दीपक चाहरले ४ ओभर बलिंग गर्दै जम्मा १२ रन खर्चदै २ विकेट, ट्रेंट बोल्टले ४ ओभर बलिंग गर्दै २६ रन खर्चदै ४ विकेट साथै हार्दिक पंड्या र जसप्रित बुमराले १/१ विकेट लिए ।

१४४ रनको लक्ष्य पछ्याउने क्रममा मुम्बई इण्डियन्सको पहिलो विकेट रेयान रिकेल्टनलाइ १३ रन हुदा गुमाएको थियो तर रोहित शर्माको उत्कृस्ट ब्याटिंगले मुम्बई इण्डियन्सलाइ जित सम्म डोर्याए । रोहित शर्माले ३ छक्का, ८ चौकाको मद्दतले ४६ बलमा ७० रङ प्रहार गरे भने सुर्यकुमार यादवले १९ बलमा ४० रनको योगदान दिए । सनराइजर्स हैदरावादको जयदेव उनादकट, जीशान अंसारी, ईशान मलिंगाले १/१ विकेट लिए ।

आजको खेल : #RCBVRR
हालसम्मको अंक तालिका

#टोलीजिरद्दअंकNRR
1गुजरात टाइटन्स8620012+1.104
2दिल्ली क्यापिटल्स8620012+0.657
3मुम्बई इन्डियन्स9540010+0.673
4रॉयल च्यालेन्जर्स बेङ्गलोर8530010+0.472
5पञ्जाब किंग्स8530010+0.177
6लखनऊ सुपर जायन्ट्स9540010-0.054
7कोलकाता नाइट राइडर्स835006+0.212
8राजस्थान रोयल्स826004-0.633
9सनराइजर्स हैदराबाद826004-1.361
10चेन्नई सुपर किंग्स826004-1.392


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ