07/04/2025, 08:24:47

आइपीएल २०२५ : दिल्लीसंग लखनउ पराजित


काठमाडौँ, १० बैसाख: इन्डियन प्रिमियर लिग (आइपिएल) अप्रिल २२, २०२५ मा भएको खेलमा दिल्ली क्यापिटल्सले लखनउ सुपर जाइन्टसलाइ ८ विकेटले पराजित गर्यो | पहिलो पारी ब्याटिंग गरेको लखनउ सुपर जाइन्टसले २० ओभरमा ६ विकेटको क्षतिमा १५९ रन बनाउन सफल भयो | १६० रनको लक्ष्य पछ्याउने क्रममा दिल्ली क्यापिटल्सले १७.५ ओभरमा २ विकेटको क्षतिमा १६१ रन बनाउदै जित दर्ता गर्यो |

लखनउ सुपर जाइन्ट्सको सुरुवाती २ बयाटर्सले राम्रो सुरुवात गरे पनि अन्य ब्याटर्सले राम्रो नखेल्दा मध्यम स्कोर मात्र बनाउन सक्यो | Aiden Markram र मिचेल मार्सले क्रमस ५२ र ४५ रन प्रहार गर्दै राम्रो सुरुवात गरेका थिए | लखनउ सुपर जाइन्ट्सले पहिलो विकेट ९.६ ओभर ८७ रन बनाउदा १ विकेट मात्र गुमाउदा र बाकी अन्य ब्याटरहरु नचल्दा १५९ रनको मध्यम स्कोर बनाउन सफल भयो | दिल्लीका मुकेश कुमारले सर्वाधिक ४ विकट लिए | उनीनै म्यान अफ द म्याच घोसित भए |

दिल्लीका अभिषेक पोरेल र के एल राहुलको अर्धशतकीय पारीको मद्दतले दिल्लीले १७.५ ओभरमा २ विकेटको क्षतिमा जित दर्ता गर्यो | अभिषेक पोरेलले ५१ रन र के एल राहुलले ५७ रन को पारि खेले साथै अक्सर पटेलले ३४ रनको पारी खेले | लखनउका Aiden Markram ले २ विकेटले लिए |

आजको खेल : #SRHVMI
हालसम्मको अंक तालिका

स्थानटोलीखेलजितहारबराबरीरद्दअंकNRR
1गुजरात टाइटन्स8620012+1.104
2दिल्ली क्यापिटल्स8620012+0.657
3रॉयल च्यालेन्जर्स बेङ्गलोर8530010+0.472
4पञ्जाब किंग्स8530010+0.177
5लखनऊ सुपर जायन्ट्स9540010-0.054
6मुम्बई इन्डियन्स844008+0.483
7कोलकाता नाइट राइडर्स835006+0.212
8राजस्थान रोयल्स826004-0.633
9सनराइजर्स हैदराबाद725004-1.217
10चेन्नई सुपर किंग्स826004-1.392