04/22/2025, 15:09:41

आइपीएल २०२५ : केकेआरमाथि, जिटीको ३९ रनको जित, कप्तान गिलको ९० रन


काठमाडौँ, ०९ बैसाख: इन्डियन प्रिमियर लिग (आइपिएल) अप्रिल २१, २०२५ मा भएको खेलमा गुजरात टाइटन्सले ३९ रनको जित हासिल गरेको छ | गुजरात टाइटन्सका कप्तान सुबमन गिल(#Man of The Match No. 39) को ९० रनको मद्दतले कलकत्ता नाइट राइडर्सलाइ पराजित गर्न सफल भएको छ | पहिलो पारी ब्याटिंग गरेको गुजरातले २० ओभरमा ३ विकेटको क्षतिमा १९८ रन बनाउन सफल भयो | १९९ रनको लक्ष्य पछ्याउने क्रममा कलकत्ताले २० ओभर ब्याटिंग गर्दै ८ विकेटको क्षतिमा १५९ रन मात्र सफल भयो |

सुरुवाती ब्याटिंग गरेको गुजरात टाइटन्सका सुबमन गिल र साइ शुर्दर्शनको सुरुवात एकदमै राम्रो भएको थियो, दुइ जना मिलेर १२.२ ओभरमा ११४ रन प्रहार गरेका थिये | साइ शुर्दर्शनले ३६ बल खेल्दै १ छक्क र ६ चौकाको मद्दतले ५२ रनको पारि खेले | पहिलो विकेट साइ शुर्दशनको एन्ड्रयु रसेलले लिए | सुबमन गिलको बैभव अरोराले लिए भने राहुलको हर्सित रानाले लिए | जोस बटलर ४१ रन र साहरुख खान ११ रनमा अविजित रहे |

कलकत्ता नाइट राइडर्सको सुरुवात राम्रो हुन सकेन, पहिलो ओभरमै गुरवाजलाइ १ रनमा मोहमद सिराजले आउट गरे | कप्तान रहानेले ३६ बलमा ५० रन प्रहार गरे पनि जित सम्म डोर्याउन सकेनन् | गुजरातका प्रसिद्ध कृष्ण र रशिद खानले २/२ विकट हात पारे |

आजको खेल : #LSGVDC
हालसम्मको अंक तालिका

#टोलीखेलजितहारटाईब/नअंकNRR
1गुजरात टाइटन्स8620012+1.104
2दिल्ली क्यापिटल्स7520010+0.589
3रॉयल च्यालेन्जर्स बेंगलुरु8530010+0.472
4पञ्जाब किङ्स8530010+0.177
5लखनऊ सुपर जायन्ट्स8530010+0.088
6मुम्बई इन्डियन्स844008+0.483
7कोलकाता नाइट राइडर्स835006+0.212
8राजस्थान रोयल्स826004-0.633
9सनराइजर्स हैदराबाद725004-1.217
10चेन्नई सुपर किंग्स826004-1.392


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ