04/21/2025, 16:33:34

फूटबल समाचार : रियल मेड्रिडद्वारा एथलेटिको क्लब पराजित, म्यानचेस्टर युनाइटेड ओल्ड ट्राफोर्डमा वुल्व्ससंग पराजित, लिग लिडर इन्टर मिलन बोलोग्नासंग स्तब्ध


मिति २०८२ बैसाख ७ गते, इन्ग्लिश प्रिमिएर लिगको अप्रिल २०, २०२५ मा भएको खेलमा म्यानचेस्टर युनाइटेड ७७ मिनेटमा गोल खादै वुल्व्ससंग पराजित भएको छ | वुल्भ्सबाट एकमात्र गोल सारबियाले गरेका हुन | यो जित संग वुल्भ्स र म्यानचेस्टर युनाइटेडको ३३ खेलमा बराबरी ३८ अंक रहेको छ र गोल भिन्नताको आधारमा म्यानचेस्टर युनाइटेड १४ र वुल्भ्स १५ मा रहेको छ | अर्को खेलमा लिग लिडर लिभरपुलले भने लेस्टर सिटिलाई संघर्षपूर्ण जित हासिल गर्यो भने लिभरपुलका एलेक्जेंन्डर आर्नोल्डले ७६ मिनेटमा गोल गरे उक्त गोलको मद्दतले लिभरपुल बिजयी भयो | लिभरपुल ३३ खेलमा ७९ अंक सहित शीर्षस्थानमा रहेको छ भने दोश्रो स्थानमा रहेको आर्सनलले इस्विश टाउनलाइ ४-०को फराकिलो अन्तरले पराजित गर्यो | आर्सनलको ३३ खेलबाटै ६६ अंक रहेको छ | अन्य खेलमा चेल्सीले फुल्ह्यामलाइ २-१ ले पराजित गर्यो | तेश्रो स्थानमा न्यु क्यासल युनाइटेड ३३ खेल बाट ५९, चौथो स्थानमा म्यानचेस्टर सिटीको ३३ खेल सहित ५८ अंक, पाचौ स्थानमा ३३ खेलबाट ५७ अंक सहित चेल्सी र ५७ अंक सहित नोतेंगहम फोरेस्ट छैटौं स्थानमा रहेका छन् | नोतेंगहम फोरेस्टले एक खेल कम खेलेको छ |

स्पेनिस ला लिगा : ९०+३ मिनेटमा भेलभार्ड़ेको १ गोलको मद्दतले रियल मेड्रिड, एथलेटिको क्लबमाथि १-० जित दर्ता गरेको छ | रियल मेड्रिड यो जित संगै लिग लिडर बार्सिलोनासंगको अंक दुरी कम गरेको छ | शिर्ष स्थानमा रहको बार्सिलोनाको ३२ खेलबाट ७३ अंक रहेको छ भने रियल मेड्रिडको पनि ३२ खेलबाटै ६९ अंक रहेको छ | अघिल्लो दिनको खेलमा बार्सिलोनाले सेल्टा भिगोलाइ ४-३ को संघर्षपूर्ण जित हासिल गरेको थियो| ६२ मिनेटसम्म १-३ ले पछि परेको अवस्थामा ६४, ६८ र ९८ मिनेटमा गोल फर्काउदै जित हासिल गरेको हो | जुन खेलमा सेल्टा भिगोका B Iglesias ले ह्याट्रिक प्रहार गरेका थिए भने बार्सिलोनाका राफिनाले २ गोल गरेका थिए | आइतबार रातिनै भएको अन्य खेलमा ओससुनाले रियल भालाड़ोइडलाइ ३-२ ले जित, भिल्ला रियल र रियल सोसिडाड २-२ को बराबरी साथै सेभिल्ला र अल्भेस १-१ को बराबरी खेले |


इटालियन सिरी ‘ए’ अन्तर्गतको खेलमा इन्टरमिलन बोलोग्नासंग १-० ले पराजित हुदा दोश्रो स्थानमा रहेको न्यापोलीलाइ फाइदा पुगेको छ | इन्टर मिलन र न्यापोलिको समान ३३ खेलबाट ७१ अंक रहेको छ | गोल भिन्नताको आधारमा इन्टर मिलन शीर्ष स्थानमा रहेको छ |६४ अंक सहित एटलान्टा तेश्रो र ६० अंक सहित बोलोग्ना चौथो स्थानमा रहेको छ | अर्को खेलमा एसी मिलन, एटलान्टा संग १-० पराजित भयो भने इम्पोली र भेनेजिया २-२ को बराबरी खेले |


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ