04/20/2025, 19:46:31

आइपीएल २०२५ : लखनउ सुपर जाइन्ट्सको २ रनको जित, दिल्लीमाथि गुजरातको ७ विकेटको जित


काठमाडौँ, ०७ बैसाख: इन्डियन प्रिमियर लिग (आइपिएल) अप्रिल १९, २०२५ मा भएको खेलहरुमा लखनउ सुपर जाइन्ट्सले राजस्थान रोयल्सलाइ २ रनको झिनो अन्तरले पराजित गरेको छ | सुरुवाती पारीमा ब्याटिंग गरेको लखनउ सुपर जाइन्ट्सले २० ओभरमा ५ विकेटको क्षतिमा १८० रन बनाएको थियो भने राजस्थान रोयल्सले २० ओभरमा ५ विकेटको क्षतिमा १७८ रन मात्र बनाउन सक्यो | लखनउ सुपर जाइन्ट्सका अभेष खानले ४ ओभर बल्लिंग गर्दै राजस्थान रोयल्सको ४ विकेट लिए | राजस्थान रोयल्सलाइ अन्तिम ओभरमा ९ रनको आवस्यकता रहेको बेला अभेष खानले जम्मा ६ रन दिदै १ विकेट पनि लिए जसको नतिजा राजस्थान रोयल्स २ रनले खेल लखनउलाइ सुपिन्न पर्यो | अभेष खान म्यान अफ द म्याच चुनिए |

लखनउका Aiden Markram, आयुष बदोनी र अब्दुल समादले क्रमशः ६६, ५० र ३० रनको परि खेले | जम्मा ५ जना बलरलाइ मात्र बल्लिंग गर्न दिएको राजस्थान रोयल्सले महेशले कुनै विकेट लिन सकेनन् भने हर्सरंगले २ विकेट र अन्य ३ बलरले १/१ विकेट लिए | राजस्थान रोयल्सका यशस्वी जैसवालले ५२ बलमा ७४ रनको राम्रो पारी खेले पनि जित दिलाउन काफी रहेन |

अप्रिल १९, २०२५ मा भएको अर्को खेलमा भने दिल्ली क्यपिटल्सले दिएको २०४ रनको लक्ष्य ३ बल बाकी रहदै गुजरात टाइटन्सले ३ विकेटको क्षतिमा पुरा गर्यो | गुजरात टाइटन्सका जोस बटलरले ५४ बलमा ९७ रनको अविजित पारी खेले र उनीनै म्यान अफ द म्याच घोषित भए | दिल्ली क्यापिटल्सका मुकेश कुमार र कुलदीप यादवले १/१ विकेट लिए भने सुबमन गिल रन आउट भए | दिल्ली क्यापिटल्सको २०३ रन बनाउने क्रममा सुरुवाती ६ ब्याट्सम्यानहरुले राम्रो ब्याटिंग गरे पनि कुनै पनि ब्याट्सम्यानले अर्धशतक भने प्रहार गर्न सकेनन् | राजस्थानका प्रसिद्ध कृष्णले ४ विकेट लिए |

आजको खेल : #PBKSVRCB र MIVCSK

हालसम्मको अंक तालिका

स्थानटोलिखेलजितहारटाई/NRबिन्दुNRRअन्तिम ५ खेलअगला खेलहरूForAgainst
1गुजरात टाइटन्स752010+0.984W W W L Wvs KKR, RR, SRH1352/133.51272/139.3
2दिल्ली क्यापिटल्स752010+0.589W W L W Lvs LSG, RCB, KKR1313/133.21290/139.2
3पञ्जाब किङ्स752010+0.308L W L W Wvs RCB, KKR, CSK1248/128.31246/132.3
4लखनउ सुपर जायन्ट्स853010+0.088W W W L Wvs DC, MI, PBKS1546/155.41529/155.2
5रॉयल च्यालेन्जर्स बेंगलुरु74308+0.446L W L W Lvs PBKS, RR, DC1196/127.51139/127.5
6कोलकाता नाइट राइडर्स73406+0.547L W L W Lvs GT, PBKS, DC1079/127.41021/129.1
7मुंबई इण्डियन्स73406+0.239W L L W Wvs CSK, SRH, LSG1207/131.01249/139.1
8राजस्थान रोयल्स82604-0.633W L L L Lvs RCB, GT, MI1478/160.01530/155.0
9सनराइजर्स हैदराबाद72504-1.217L L L W Lvs MI, CSK, GT1320/138.31365/127.0
10चेन्नई सुपर किंग्स72504-1.276L L L L Wvs MI, SRH, PBKS1110/138.41208/130.1


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ