04/20/2025, 19:29:40

फूटबल समाचार : बार्सिलोनाको कम्ब्याक जित, अन्तिम समयमा २ गोल हान्दै म्यानचेस्टर सिटीको जित, बायर्न म्युनिखको ४ गोल


मिति २०८२ बैसाख ७ गते, इन्ग्लिश प्रिमिएर लिगको हिजो रति अप्रिल १९, २०२५ मा भएको खेलमा म्यानचेस्टर सिटीले ८४ र ९२ मिनेटमा गोल हान्दै इभरटन माथि २-० को जित हासिल गर्यो | अन्य खेलमा ब्रेण्डफर्डले ब्राइटनलाइ ४-२ ले , एस्टन भिल्लाले न्यु क्यासलले ४-१ ले जित हासिल गरे साथै क्रिस्टल प्यालेस र बोर्नमाउथ ०-० र वेस्टह्याम र साउथह्याम्टन १-१ को बराबरी खेले |

स्पेनिस ला लिगा : बार्सिलोनाले सेल्टा भिगो बिरुद्ध ४-३ को संघर्षपूर्ण जित हासिल गर्यो | ६२ मिनेटसम्म १-३ ले पछि परेको अवस्थामा ६४, ६८ र ९८ मिनेटमा गोल फर्काउदै जित हासिल गर्यो |

हिजो रातीको अन्य खेलमा लस पलमासले एथलेटिको मेड्रिडलै १-० ले पराजित गर्यो त्येस्तै गरि रायो भालाकानो र भ्यालेन्सिया १-१ को बराबरी खेल्नुका साथै मलोर्का र लेगानेस पनि एक/एकको बराबरी खेले |हालसम्मको अंक अनुसार बार्सिलोना ७३ अंक सहित पहिलो स्थानमा र ६६ अंक सहित रियल मेड्रिड दोश्रो स्थानमा रहेको छ भने रियल मेड्रिडले एक खेल कम खेलेको छ |

इटालियन सिरी ‘ए’ अन्तर्गतको खेलमा न्यापोली, एएस रोमा र कोमो ले आ-आफ्नो खेलमा जित हासील गरे | न्यापोलीले मोन्जालाइ १-० ले, कोमोले लेसीलाइ ३-० ले र एएस रोमाले हेलास भेरोनालाइ १-० ले पराजित गरे |


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ