६ वैशाख, काठमाडौं : साओमीले नेपालमा रेडमी ए५ सार्वजनिक गरेको छ । रेडमी ए५ मा आकर्षक र अनुपम विशेषता रहेको कम्पनीले बताएको छ । यसमा स्पष्ट फोटो, लामो ब्याट्री लाइफ, सहज सञ्चालन र आकर्षक डिजाइन प्रदान गर्ने क्षमता रहेको कम्पनीको दाबी छ ।
कम्पनीले दुई वर्षको वारेन्टी पनि उपलब्ध गराएको छ । रेडमी ए५ मा ३२ मेगापिक्सेल डुअल क्यामेरा सिस्टम, १२० हर्ज रिफ्रेस रेटका साथ ६.८८ इन्चको डिस्प्ले, ५२०० एमएएच ब्याट्री र अक्टा–कोर प्रोसेसरलगायत विशेषता छन् ।
यसैगरी उक्त स्मार्टफोनमा नाइट फोटोग्राफी, आई कम्फर्ट डिस्प्ले, स्लिक डिजाइन, डायनामिक मेमोरी विस्तार र टिकाउ निर्माणजस्ता सुविधा रहेको कम्पनीले जानकारी दिएको छ । रेडमी ए ५ ओसन ब्लु, स्यान्डी गोल्ड र मिडनाइट ब्ल्याक रङमा उपलब्ध छ । दुई भेरिएन्टमा उपलब्ध रेडमी ए५ को मूल्य १० हजार ९९९ र ११ हजार ९९९ रुपैयाँ छ ।