04/19/2025, 11:18:01

बिस्काःसगुन जात्रा सम्पन्न

©थिमिमा सिन्दूर जात्रा मध्यपुर थिमि, २ वैशाखः बिस्का जात्राका अवसरमा हरेक वर्ष वैशाख २ गते मध्यपुर थिमिमा मनाउने विभिन्न देवदेवीको खट जात्रा गरिँदै । यस जात्राालाई ३२ खटको जात्रा वा भूई सिन्ह (सिन्दूर) जात्रा भनि प्रख्यात रहेको छ । तस्बिरः रत्न श्रेष्ठ÷रासस

भादगाउँ, ४ वैशाखः बिस्का जात्राको आठौँ दिन आज भक्तपुरमा द्यो स्वगं पूजा (सगुन जात्रा) धुमधामका साथ मनाएको छ ।

आज बिहानैदेखि बाजागाजासहितको झाँकी र भजनकीर्तन गर्दै देवीदेवताको परिक्रमा गरी सगुन जात्रा मनाइएको हो ।

जात्रामा स्थानीय महिला तथा पुरुष परम्परागत नेवारी पोसाक हाकु पटासी र दौरासुरुवालमा सजिएरसहभागी भएका थिए । देवीदेवतालाई सगुनसहित पूजा गर्न आ–आफ्ना द्योः छें (देव घर)बाट निकाली चोक तथा डबलीमा राखिएको थियो ।
यो पूजा प्राचीनकालदेखि नै हुँदै आएको हो । बिस्का जात्रामा विध्न बाधा वा केही भुलचुक भए क्षमायाचनाका निम्ति गरिने पूजालाई सगुन जात्राका रुपमा मनाउने प्रचलन प्रारम्भ भएको स्थानीय संस्कृतिका जानकार ओम धौभडेलले राससलाई बताउनुभयो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ